काठमाडौँ । होटल संघ नेपालले सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ ।
धनगढीका प्रतिष्ठित होटल व्यवसायी दिनेशराज भण्डारीको संयोजकत्वमा जगदीशचन्द्र भट्ट, मानसिंह साउद, ज्ञानेन्द्र गुप्ता र पुष्पराज कुँवर गरी पाँच सदस्यीय समिति गठन भएको हो ।
उक्त समितिलाई संघका केन्द्रीय अध्यक्ष विनायक शाहले ह्यान पिन लगाएर जिम्मेवारी दिएका छन् ।
अध्यक्ष शाहले संघको सातै प्रदेश र ७७ जिल्लामा संघको उपस्थिति रहने जनाउँदै यस प्रदेशले पर्यटन विशेष गरी होटल उद्योग प्रवर्द्धन र विकासमा सहयोग पुग्ने बताए। साथै आगामी दिनमा यो प्रदेशले योजना सहित अगाडी बढ्ने विश्वास व्यक्त गरे ।