logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • रेसुङ्गा विमानस्थलबाट अब चार उडान हुने

    रेसुङ्गा विमानस्थलबाट अब चार उडान हुने


    पर्यटन नेपाल

    सोमबार, २४ बैशाख २०८१


    गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट चार उडान हुने भएको छ । यात्रुको चाप बढेपछि अब साप्ताहिक रूपमा चार उडान हुने भएको हो ।

    यसअघि उक्त विमानस्थलबाट नेपाल एयरलाइन्सले तीन उडान हुँदै आएको थियो । सो विमानस्थलबाट सोमबार, बुधवार र शुक्रवार उडान हुँदै आएको थियो । तर अब भने शनिवार पनि उडान हुने भएको हो ।

    अहिले गुल्मीबाट काठमाडौँका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ ।

    विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend