logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • ललितपुर महानगरमा चालु आर्थिक वर्षमा पर्यटन आयबाट साढे ९ करोड संकलन

    ललितपुर महानगरमा चालु आर्थिक वर्षमा पर्यटन आयबाट साढे ९ करोड संकलन


    पर्यटन नेपाल

    सोमबार, २४ बैशाख २०८१


    काठमाडौँ । ललितपुर महानगरपालिकाले पर्यटन शुल्क बापत साढे ९ करोड रुपैयाँ संकलन गरेको छ ।

    शुक्रबार महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरपालिकाले चालु आर्थिक वर्षमा पर्यटन शुल्क बापत साढे ९ करोड रुपैयाँ संकलन गरेको हो ।

    महानगरका अनुसार यस वर्षको हालसम्म आन्तरिक तथा वाह्य पर्यटकबाट पर्यटन शुल्क वापत ९ करोड ४३ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ ।

    सार्वजनिक सुनुवाइमा योजना तथा कार्यक्रमहरूको अध्यावधिक स्थिति पत्र सार्वजनिक गर्दै महानगरले पर्यटन प्रवर्द्धनका लागि महानगरले छुट्टै वेब साइट सञ्चालन गरेको जानकारी गराएको छ ।

    पर्यटन रुट प्रवर्द्धन गर्न नक्सा तथा ब्रोसर तयार गरी पर्यटकहरूलाई वितरण गरिएको महानगरले जनाएको छ । यसै गरी पर्यटन प्रवर्द्धनका लागि मुख्य सम्पदा स्थलहरूको क्यूआर कोड राख्ने तयारी भइरहेको महानगको भनाइ छ ।

    पर्यटकहरूको बढी आवतजावत हुने अन्य स्थानीय तहको प्रमुख पर्यटकीय स्थानमा ललितपुरका पर्यटकीय स्थानहरुको प्रचार प्रसारका लागि डिजिटल डिस्प्ले बोर्ड राख्ने कार्य अघि बढिरहेको महानगरले जनाएको छ ।

    यस वर्ष ललितपुर महानगरपालिका-२१ खोकनाको ऐतिहासिक रुद्रायणी देवीको १२ वर्षे नाच प्रदर्शन, नरदेवी श्वेतकाली (ङयतभुल अजिमा) १२ वर्षे देवी नाच र पचली भैरव तथा भद्रकाली (लुँमधि) अजिमाको १२ वर्षे खड्ग सिद्धि जात्रा सफल बनाउने काम गरेको स्थिति पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend