logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • काठमाडाैँमा एक्कासी आएकाे हावाहुरीका कारण सात उडान डाइभर्ड, तिनवटा रद्द

    काठमाडाैँमा एक्कासी आएकाे हावाहुरीका कारण सात उडान डाइभर्ड, तिनवटा रद्द


    पर्यटन नेपाल

    सोमबार, २४ बैशाख २०८१


    काठमाडाैँ । काठमाडौँ उपत्यकामा एक्कासी ठुलाे हावाहुरी चलेपछि सात वटा आन्तरिक उडान डाइभर्ड गरिएकाे छ ।

    साेमवार (आज) साँझ विभिन्न ठाउँहरुबाट काठमाडाैँ आईरहेका विमानहरु हावाहुरीका कारण डाइभर्ड गरिएकाे हाे ।

    हावाहुरीकै कारण काठमाडौँबाट विराटनगर र भैरहवा जाने तीन वटा उडान पनि रद्द भएका छन् ।

    डाइभर्ट भएका उडानहरु बुद्ध एयर, श्री एयरलाइन्स रहेका छन् । बुद्ध एयरको नेपालगञ्ज, जनकपुर, विराटनगर र भैरहवाबाट काठमाडौँतर्फ आइरहेको विमान डाइभर्ट भएको भित्रुवन विमानस्थलले जनाएको छ ।

    यस्तै, श्री एयरलाइन्सको सुर्खेत र धनगढीबाट आइरहेका जहाज डाइभर्ट गरिएकाे हाे ।

    हावाहुरीका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend