काठमाडौँ । नेपाल एयरलाइन्स व्यवस्थापनले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे पाँच सदस्यीय छानबिन गर्न समिति गठन गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
निगमको जहाजको इन्जिन एआइए मर्मत सम्भार गर्नको लागि पठाए पनि समयमा नआएको र भाडाको इन्जिन नदिइएको सम्बन्धमा छानबिन गरि पन्ध्र दिन भित्रमा सिफारिससहित प्रतिबेदन पेश गर्न उक्त समितिलाई कार्यादेश दिइएको छ ।
निगमको ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको थियो ।
सम्झौताको सर्तअनुसार समयमा इन्जिन दिन नसकेको सम्बन्धमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।