logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • आज मेघगर्जन/चट्याङ/हावाहुरीसहित यी स्थानमा भारी वर्षाको सम्भावना

    आज मेघगर्जन/चट्याङ/हावाहुरीसहित यी स्थानमा भारी वर्षाको सम्भावना


    पर्यटन नेपाल

    आइतबार, ३० बैशाख २०८१


    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम  पूर्वानुमा महाशाखाका अनुसार अहिले बिहान गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भइरहेको छ ।

    आइतबार (आज) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    पछिल्लो २४ घन्टामा बाराको अम्लेखगञ्जमा भारी वर्षा मापन भएको छ । त्यहाँ पछिल्लो २४ घन्टामा १०५.८ मिलिमिटर वर्षा मापन भएको छ।

    त्यस्तै, इलाममा ८८.६,  मोरङको लेटाङमा ८५.४, सर्लाहीको पत्थर कोटमा ८४.८, नवलरपुरको देउरालीमा ९५.२, सप्तरीको बरमझियामा ६८.८ मिलिमिटर वर्षा मापन भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend