logo

बिहिबार, १३ कार्तिक २०८३

logo

बिहिबार, १३ कार्तिक २०८३   |   07:07 AM

  • रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

    रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण


    पर्यटन नेपाल

    आइतबार, ३० बैशाख २०८१


    काठमाडौँ। गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । रविलाई उनकी श्रीमतीले वैवाहिक बलात्कारसम्बन्धी मुद्दा हालेकि थिइन् ।

    ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएका हुन् । रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

    कञ्चनपुर जिल्ला अदालतले ओडमाथि साेहि दिन पक्राउ पुर्जी जारी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend