logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • घट्यो पेट्रोल र डिजेलको मुल्य

    घट्यो पेट्रोल र डिजेलको मुल्य


    पर्यटन नेपाल

    बुधबार, २ जेष्ठ २०८१


    काठमाडौँ । पेट्रोलियम पदार्थ र डिजेलको मुल्य घटेको छ ।

    नेपाल आयल निगमले बिहीबार (भाेली) बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको हो ।

    भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो । निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ ।

    निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि तीन वर्ग विभाजन गरेको छ ।

    पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मुल्य १६८ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेलकाे मुल्य १५१ रूपैयाँ ५० पैसा पर्नेछ।

    त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मुल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५३ रूपैयाँ पर्नेछ ।

    तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मुल्य १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५४ रूपैयाँ पर्नेछ ।

    खाना पकाउने ग्यासको मुल्य भने यथावत छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend