काठमाडौँ । काठमाडौँमा आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीले लाठीचार्ज गर्दा केही कर्मचारीहरू घाइते समेत भएका छन् ।
केहीदिन यतादेखि स्थानीय तहका कर्मचारीहरू काठमाडौँमा आन्दोलनरत रहेका छन् । सरकारले आफ्ना मागहरूको सुनुवाइ नगरेसम्म आन्दोलन गर्ने कर्मचारीहरूले अडान लिएका छन् ।
छिटो भन्दा छिटो सरकारले माग सम्बोधन गर्न कर्मचारीहरूको माग रहेको छ ।