काठमाडौँ । सरकारले हवाई नीति र कानुनमा समसामयिक सुधार गर्ने भएको छ ।
मंगलबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै हवाई नीति र कानुनलाई सुधार गरिने बताएका हुन् ।
हवाई सेवालाई थप सुरक्षित सुलभ र पहुँचयोग्य बनाइनेछ ।