logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • सशस्त्रका प्रशिक्षार्थी अधिकृतहरूले गरे कुष्मामा बञ्जी

    सशस्त्रका प्रशिक्षार्थी अधिकृतहरूले गरे कुष्मामा बञ्जी


    पर्यटन नेपाल

    मंगलबार, ८ जेष्ठ २०८१


    काठमाडौँ। सशस्त्र प्रहरी बलको ‘सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम’का प्रशिक्षार्थी अधिकृतहरूले कुष्मामा रहेको ‘द क्लिफ’मा बञ्जी गरेका छन् ।

    राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले ४५ जना प्रशिक्षार्थी अधिकृतहरुको तालिम कार्यतालिकाको साहसिक तालिम प्याकेज अन्तर्गत मंगलबार बञ्जी जम्प गराइएको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए ।

    विगतमा पनि अधिकृत स्तरका प्रशिक्षार्थीहरूलाई साहसिक प्याकेज दिने गरिएकोमा यसपटक बञ्जी थपेर झनै साहसिक अनुभव दिलाइएको उनले बताए ।

    क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

    राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।

    पछिल्लो समय एडभेञ्चर हबको रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

    यसअघि नेपाल प्रहरीका विभिन्न तालिम अन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend