काठमाडौँ । जिग्मे पाल्देन दोर्जेले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
दोर्जे सगरमाथा आरोहण गर्ने पहिलो भुटानी हुन् । उनी रोयल भुटान आर्मीका लप्टन हुन् ।
पायोनियर एडभेन्चर प्रा.लि.का अध्यक्ष पासाङ शेर्पाका अनुसार दोर्जेले सोमबार विहान ९ः३० मा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले गाइड चक्र राईसँग सगरमाथा आरोहण गरे ।