काठमाडौँ । ३० औं पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा काठमाडौँ फर्किएका छन् ।
सगरमाथा आरोहण गरेका उनी शुक्रबार काठमाडौँ फर्किएका हुन् ।
उनी बुधबार बिहान ७:४९ मिनेटमा चुचुरोमा पुगेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ स्वागत गर्न मानिसहरू पुगेका थिए ।
उनले आफ्नै विश्व रेकर्ड तोडेर ३०औं पटक चुचुरोमा पुगेका हुन् ।