काठमाडौँ । चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा गएको हिम पहिरोमा परेमा एक नेपालीको मृत्यु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार २० असोजमा गएको हिम पहिरोमा परेर आरोही गाइड मिङमार शेर्पा, तेन्जेन शेर्पा, अमेरिकी नागरिकद्वय अना गुटु र जिना मारिया बेपत्ता भएका हुन् ।
बेपत्ता भएकामध्ये मिङमार र अनाको शव भेटिएको छ भने दुई जना अझैसम्म बेपत्ता छन् । हिम पहिरोमा परेर कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ, र कामिरी शेर्पा गम्भीर घाइते भएका छन् ।
हराएकाहरको खोज तथा घाइतेको उद्धारका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।