logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • असार १ गतेदेखि पशुपतिनाथका चार वटै ढोका खुुल्ला हुने

    असार १ गतेदेखि पशुपतिनाथका चार वटै ढोका खुुल्ला हुने


    पर्यटन नेपाल

    बुधबार, १६ जेष्ठ २०८१


    काठमाडौँ । पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिने भएको छ ।

    पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएपछि असार १ गतेदेखि चार वटै ढोका खोल्न लागिएको हो ।

    पर्यटकहरूको आगमन बढ्‍दै गएपछि पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर चार वटै ढोका खोल्न लागिएको हो ।

    यस भन्दा पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोल्ने गरिएको थियो । अब बिहान ४ बजे नै सबै ढोकाहरु खोलिने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend