logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:54 PM

  • घट्यो पेट्रोल र डिजेलको मूल्य, कति घट्यो ?

    घट्यो पेट्रोल र डिजेलको मूल्य, कति घट्यो ?


    पर्यटन नेपाल

    शुक्रबार, १८ जेष्ठ २०८१


    काठमाडौँ । पेट्रोल र डिजेलको मूल्य घटेको छ ।

    नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनगेरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

    निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

    इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ ।

    तर, नेपाल सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लागु गरेकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend