logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • कीर्तिमानी आरोही निर्मल पुर्जाले २ जना महिलालाई यौन दुर्व्यवहारको आरोप

    कीर्तिमानी आरोही निर्मल पुर्जाले २ जना महिलालाई यौन दुर्व्यवहारको आरोप


    पर्यटन नेपाल

    शुक्रबार, १८ जेष्ठ २०८१


    काठमाडौँ । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । निम्सलाई पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले आफूलाई यौन दुुव्यवहार गरेको आरोप लगाएकी हुन् ।

    उनले अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै ३० मार्च २०२३ मा काठमाडौँ आएका बेला एक होटलमा पुर्जाले आफूूमाथि दुव्यर्वहार गरेको बताएकी छिन् । पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएको उनले बताएकी छिन् ।

    उनले शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा पूर्जाले होटलको कोठाभित्र के-के भएको गरेका थिए भन्ने बारे पनि खुलाएकी छिन् । निम्सले आफ्नो सहमतिविना चुम्बन गरेको बताएकी छिन् ।

    उनले भनेकी छिन्, ‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थालेपछि म जमे जस्तो भएको थिएँ, शरीरबाट बाहिर गएको जस्तो महसुस गरिरहेको थिएँ । मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए ।’

    आफूले निरन्तर अस्वीकार गरिरहेपछि निम्स एकदमै रिसाएको उनले बताएकी छिन् । निम्स बाथरुममा गएका बेला आफूले लुगा लगाएको र निम्स ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो व्यक्ति भएकाले आफू एकदमै डराएको उनले बताएकी छिन् । निम्स त्यतिबेला यस्तो अवस्थामा थिए कि उनलाई ‘नो’ भन्नुको कुनै अर्थ नभएको उनले बताएकी छिन्

    न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।

    त्यस्तै क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमति विना पटक पटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् । केटु हिमाल चढ्ने बेला गाइड गरेका निम्सले दुर्व्यवहार गरेको उनले भनेकी छन् । उनको आरोपको पनि निम्सका वकिलले भने खण्डन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend