logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • होटल बाराही काठमाडौँको रुफटपमा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा

    होटल बाराही काठमाडौँको रुफटपमा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा


    पर्यटन नेपाल

    शनिबार, १९ जेष्ठ २०८१


    काठमाडौँ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौँको ठमेलमा रहेको होटल बाराही काठमाडौँले नवौं तलामा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा ल्याएको छ ।

    ‘लाउञ्ज एण्ड बार’मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्मले एकैपटकमा सेवा लिन सक्छन् ।

    बार तर्फको लाउञ्ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउञ्जतर्फ बुकिङ अनुसार सेवा लिन सकिनेछ ।

    काठमाडौंको प्रिमियम लोकेसन, त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्न पाइने भएकाले हाल बाराही काठमाडौँ आकर्षणको केन्द्र बनेको छ ।

    चार तारे स्ट्याण्डर्डको यस होटलको सातौँ तलामा इन्फिनिटी स्विमिङ पुल र रेष्टुरेन्ट रहेको छ । साथै होटल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ ।

    केशरमहलको अगाडि चोकैमा रहेको यस होटलको नवौँ तलामा रहेको रुफटपबाट काठमाडौँ उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

    वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैँचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend