logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन

    मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन


    पर्यटन नेपाल

    शनिबार, १९ जेष्ठ २०८१


    मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् ।

    ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

    तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका-९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

    सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ ।

    प्रजिअ लामिछानेले भने, ‘ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend