logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:58 AM

  • आजबाट आइसिसी टी-२० विश्वकप, नेपाल दोस्रो पटक सहभागी

    आजबाट आइसिसी टी-२० विश्वकप, नेपाल दोस्रो पटक सहभागी


    पर्यटन नेपाल

    आइतबार, २० जेष्ठ २०८१


    काठमाडौँ । आजदेखि आइसिसी टी-२० क्रिकेट विश्वकप सुरु हुँदै छ । उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

    डालासको ग्रान्ड प्रेयरी क्रिकेट मैदानमा दुवै टोलीको लक्ष्य जितसहित सानदार सुरुवात छ । विश्वकपको नवौँ संस्करणमा दुवै टोली डेब्यु गर्न लागेका हुन् ।

    विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । हालसम्म वेस्ट इन्डिज र इंग्ल्यान्डले समान दुई पटक उपाधि जित्दा भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले समान एकपटक उपाधि उचालेका हुन् ।

    अमेरिका र क्यानडासहित युगान्डाले डेब्यु गर्न लागेका हुन् । नेपाल, केन्या र पपुवा न्युगिनी (पिएनजी) को दोस्रो सहभागिता हो ।

    ओमान, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) तेस्रोपटक विश्वकप खेल्दै छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend