logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   03:57 PM

  • नेपाल अभौतिक सांस्कृतिक सम्पदाका दृष्टिले धनी मुलुक हो : मन्त्री तामाङ

    नेपाल अभौतिक सांस्कृतिक सम्पदाका दृष्टिले धनी मुलुक हो : मन्त्री तामाङ


    पर्यटन नेपाल

    सोमबार, २१ जेष्ठ २०८१


    काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले नेपाल भौगोलिक र जनसांख्यिक रुपले सानो मुलुक भए पनि अभौतिक सांस्कृतिक सम्पदाको दृष्टिले धनी मुलुक भएको बताएका छन् ।

    आज ललितपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धि राष्ट्रिय परामर्श गोष्टीमा बोल्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।

    हाम्रो भौगोलिक, जातिय, भाषिक एवं सांस्कृतिक विविधता भित्र हाम्रो धेरै सांस्कृतिक सम्पदाहरु रहेको भन्दै मन्त्री तामाङले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

    अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय एवं प्रतिवेदन तयारीमा सहभागी रहेका सबै पक्षलाई मन्त्री तामाङले शुभकामना पनि दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend