logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • नेप्को इन्टरटेन्मेन्टको प्रस्तुतिमा ‘मुग्लिन’ गीत बजारमा

    नेप्को इन्टरटेन्मेन्टको प्रस्तुतिमा ‘मुग्लिन’ गीत बजारमा


    पर्यटन नेपाल

    सोमबार, २१ जेष्ठ २०८१


    काठमाडौँ। नेप्को इन्टरटेन्मेन्टको प्रस्तुतिमा ‘मुग्लिन’ बोलको गीत बजारमा सार्वजनिक भएको छ। गायक दिपेन थापा र गायिका अन्जु विश्कर्माको स्वर रहेको गीत ‘मुग्लिन’आज सार्वजनिक भएको हो ।

    गीतको निर्देशन विशाल घिमिरेले गरेका छन् भने, सम्पादन अमृत चापागाईले गरेका छन् ।गीतमा शब्द विक्रम बाबु विश्वकर्माको रहेको छ भने संगीत दिपेन थापाले गरेका छन् ।

    सार्वजनिक गीतको भिडिओमा मोडल सुन्दर एस डि एस र सन्झना गुरुङलाई देख्न सकिन्छ । म्युजिक एरेञ्जर आकाश नेपालीले गरेका छन् भने, ध्वानि सम्पादक एच बि एन किस्मतले गरेका छन् । सार्वजनिक गीतको भिडिओ वान डिबि एच डि स्टुडियोले गरेको हो ।

    नेप्को इन्टरटेन्मेन्टद्वारा सार्वजनिक गीतमा प्रेमिल भाव बोकेको भिडियोमा देख्न सकिन्छ । भिडियोमा एक जना युवक यात्रा गरिरहेको हुन्छ, यात्राकै क्रममा एक जना गाउँकी सुन्दर यवतीसँग भेट हुन्छ । यात्रामा भेटिएकी ती युवतीसँग युवकको माया प्रेम बस्छ । प्रेमीले प्रेमिकालाई भेट्न जादा बाटो बिग्रिएको हुन्छ र बाटोमा जाम हुँदा प्रेमी भने प्रेमिकालाई भेट्न निकै हतारोमा देखिन्छन् ।

    दुवै जना एकअर्का प्रति माया प्रेममा डुब्छन् । उनीहरु माया पेममा डुबेपछि भाग्छन् र नारायणी नदीको किनारमा दुबैजना प्रेमलीलामा डुबेको भिडियोमा देख्न सकिन्छ ।

    यूवा–यूवतीविचको प्रेम कथामा तयार पारिएको मुग्लिन गीतको भिडियो अहिलेका युवापुस्तामा निकै लोकप्रिय हुने दावी निमार्ण पक्षले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend