काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्तलाई निलम्बन गर्ने तयारी गरिएको छ । उनीहरुलाई केहि समय उडान गर्न नदिने भन्दै उनीहरुको उडान रोकीएको हो ।
न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने पन्त र वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन लामालाई अनुसन्धान नसकिउन्जेलसम्मका लागि ग्राउन्डेड गराएको देबेन्द्र पुनले जानकारी दिए ।
क्याप्टेन लामा यसअघि पनि बारम्बार उडान सुरक्षा उल्लङ्घन गरेर निलम्बनमा परेका थिए ।