काठमाडौँ । काठमाडौँमा हावाहुरी/मेघगर्जनसहित वर्षा भइरहेको छ ।
मंगलबार काठमाडौँको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद्का अनुसार “पश्चिमी भू–भागबाट सुरु भएको वर्षा काठमाडौँको उत्तरपूर्वतर्फ सर्ने क्रममा छ।
काठमाडौँमा कम्तीमा डेढ/दुई घण्टा वर्षा हुनेछ । त्यसपछि यो वर्षा काभ्रेपलाञ्चोक, सिन्धुली हुँदै पूर्वतर्फ अगाडि बढ्नेछ । पूर्वी नेपालमा पनि केही समय यसको असर देखिन सक्ने छ ।