काठमाडौँ । कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुन: ल्याएको छ ।
प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विमानस्थल विस्तारको योजना बताएका हुन् ।
प्रदेश सरकारले विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गर्ने छ ।