काठमाडौँ। निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फाबाट विश्वको सर्वोच्च शिखिर सगरमाथाको सफल आरोहण गरेकी छन् ।
यससँगै शेर्पा चीनतर्फबाट सगरमाथाको चुचुरोमा १० दिनमा पुग्ने विश्वमै पहिलो महिला बन्न सफल भएकी छन् । उनले वसन्त ऋतृ मे २४ तारिखका दिन बिहान १०ः०५ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
२०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी शेर्पाले अहिलेसम्म लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छन् । शेर्पाको पहिलादेखि सगरमाथा आरोहण सपना थियो । क्लाइम्बलया ट्रेक एण्ड एक्स्पिडशन कम्पनीका अध्यक्ष मिङमा शेर्पाले र परिवारको साथले त्यो सपना पुरा गर्न सफल भएको उनी बताउँछिन ।
आफू जस्तै महिला, आमाले देखेका सपना पुरा गर्नतर्फ लाग्नुपर्ने बताउर्दै उनले भनिन, ‘म अहिले ३७ वर्षको भए, विवाह पनि भइसकेको छ । बच्चा भयो भनेर घरमै बसेको भए मेरो सगरमाथा चुम्ने सपना कहिले पुरा हुने थिएन । सपना देखेर हुँदैन पुरा गर्न परिवारको साथ, आर्थिक रुपमा पनि सवल हुनुपर्छ । मेरो सपना पुरा गर्न मिङमा शेर्पाले साथ र सहयोग नभएको भए मेरो सपना पुरा हुदैन थियो । मेरो सपना पुरा हुन यतिधेरै वर्ष लाग्छ भनेर कल्पना पनि गरेका थिएन ।’
जे हो लामो समय लागे पनि सगरमाथा पुग्ने सपना पुरा हुँदा आफु एकदमै खुःसी भएको शेर्पाले सुनाइन् । क्लाइम्बलया ट्रेक एण्ड एक्स्पिडशन कम्पनीका अध्यक्ष मिङमा शेर्पाले पनि निमा जाङ्मु शेर्पाको सपना पुरा गर्न सहयोग गर्न पाउदा निकै खुःसी भएको सुनाउँछन् ।
‘यसरी महिलाहरुले आफनो सपना पुरा गर्नपर्छ र शेर्पाको सफलताले पनि अन्य महिलाहरुलाई केही प्रोत्सान मिल्ने मेरो विश्वास छ,’ कम्पनीका अध्यक्ष मिङमले भने ।
निमा १० दिन मै सगरमाथाको चुचुरोमा पुग्ने र रेकर्ड रोख्ने योजना बनाएर सगरमाथा भने चढेकी थिइनन् ।
१०औं दिनमा सगरमाथाको चुचुरोमा पुगेकी निमा ११ औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेकी थिइन । उनले रेकर्डको बनाउँनेभन्दा पनि आफनो सपना पुरा गर्न सगरमाथा आरोहण गरेको शेर्पा सुनाउँछिन ।