logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   12:24 AM

  • त्रिशुली नदिमाथि स्काइ साइक्लिङमा गायक कालीप्रसाद

    त्रिशुली नदिमाथि स्काइ साइक्लिङमा गायक कालीप्रसाद


    पर्यटन नेपाल

    बुधबार, ३० जेष्ठ २०८१


    काठमाडौँ । गायक, संगीतकार तथा रचनाकार कालीप्रसाद बास्कोटाले त्रिशुली नदिमाथि रहेको स्काइ साइक्लिङ अनुभव लिएका छन् ।

    त्रिशुली रिभरसाइड रिसोर्टले सञ्चालनमा ल्याएको साहसिक पर्यटकीय गतिविधि अन्तर्गतको स्काइ साइक्लिङमा उनी रमाएका हुन् ।

    उर्लँदो नदीमाथि फलामको डोरीमा साइक्लिङमार्फत वारपार गर्दा सुरुमा मन डराए पनि पछि भने निकै रमाइलो भएको उनले सुनाए । “नदीमाथि साइक्लिङ कसरी गर्ने होला भनेर सुरुमा मनमा डर पलाएको थियो, तर पछि थ्रीलर अनुभव भयो”, उनले भने ।

    राजधानी काठमाडौँबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा अवस्थित रिसोर्टको स्काइरोप साइक्लिङमा दुई वटा ट्रयाक छन् । एउटा ट्रयाकमा एक जनाले साइक्लिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिल्ने सुविधा छ ।

    पछिल्लो समय रिसोर्टको उक्त स्काइ साइक्लिङ आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । रिसोर्टमा स्काइ साइक्लिङका साथै र्‍याफटिङ र जिपलाइनलगायतका सुविधा उपलब्ध छन् ।

    दुईतर्फी तीन सय ५० मिटर लम्बाइको स्काइ साइक्लिङमा रमाउन प्रतिव्यक्ति सात सय पचास रुपैयाँ लाग्छ भने फोटो र भिडियोका लागि थप शुल्क लाग्ने रिसोर्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend