logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • बन्दीपुर केबलकार सञ्चालन, बिहान ६ बजेदेखि राति ११ बजेसम्म दैनिक चल्ने

    बन्दीपुर केबलकार सञ्चालन, बिहान ६ बजेदेखि राति ११ बजेसम्म दैनिक चल्ने


    पर्यटन नेपाल

    बिहिबार, ३१ जेष्ठ २०८१


    काठमाडौँ । तनहुँको बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

    वैशाख १ गतेदेखि आंशिक रूपमा सञ्चालनमा रहेको बन्दीपुर केबलकार बिहीबार (आज)देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।

    केबलकारका ३१ डब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् । यो केबलकारले एक घण्टामा ५ सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको छ ।

    यो केवलकारमा विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ । आज १५८१ यात्रुले केबलकारमा यात्रा गरेको कम्पनीले जनाएको छ।

    टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड ईन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो । केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा डब्बामा ‘रेस्ट्रो क्याबिन’ चलाउने छ ।

    कम्पनीले व्यावसायिक सुरूवात गरेको अवसरमा सीमित समयका लागि ६० प्रतिशत छुटको अफर समेत सार्वजनिक गरेको छ ।

    केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न छ । बन्दीपुर हिलको कुल लागत ६ सय २९ करोडमध्ये हालसम्म ४ सय ३३ करोडको काम सम्पन्न भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend