logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ: पर्यटनमन्त्री तामाङ

    १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ: पर्यटनमन्त्री तामाङ


    पर्यटन नेपाल

    शुक्रबार, १ असार २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरि कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन् ।

    शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

    सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाई छ ।

    सरकारले यस क्षेत्रको बिकासको लागि पहिले लगाउंदै आएको हवाई टिकटको भ्याट र अन्य केहि अनाबस्यक कर हटाउने काम भैरहेको र यसको समाधान बजेट पास अघिनै गरिने उनले प्रस्ट पारे यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने बिश्वास सरकारले लिएको उनको भनाइ रहेको छ ।

    पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागि परिरहेको उनको भनाई छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र संवोधन हुने उनले बताए ।

    बिश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचिमा पर्ने हुँदा अब पुरानो गन्तब्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तब्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरु गरिसकेको छ । प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्ने लक्ष्य सरकारको रहेको छ ।

    पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको छ ।

    नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकिय गन्तब्य समेत हो । पर्यटन क्षेत्रको विकासले नै मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने गर्दछ ।

    भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो २ दिनसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend