काठमाडौँ । थाइ एयरवेजले बैंकक-काठमाडौँ उडान भर्ने भएको छ । उक्त एयरवेजले सेप्टेम्बर १५ बाट वाइडबडी जहाजमार्फत् उडान भर्ने भएको हो ।
थाइले हाल न्यारोबडी ३२० मार्फत् बैंकक-नेपाल दैनिक दुई वटा उडान गरिरहेको छ । थाइले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँसम्मको उडानमार्फत् नेपालमा उडान सुरू गरेको थियो ।
यात्रुको चाप बढेसँगै वाइडबडी जहाज उडाउने तयारी गरेको सोसाइटी इन्टरनेसनल ट्राभलले जनाएको छ । त्यसयता नियमित उडान गरिरहेको थाइले कोभिडका कारण तीन वर्ष उडान बन्द गरेको थियो ।