काठमाडौँ । बुद्ध एयरकाे जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौँ फिर्ता भएको छ ।
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित यात्रु चढेको ‘यू४–८८१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौँ फिर्ता भएकाे हाे ।
जहाज अवतरण गर्न नसकी काठमाडौँ फर्किंदा जहाजभित्र रुवाबासी चलेको थियाे ।
जहाज बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौँ नै फिर्ता भएको हो ।
आजै प्रतिकूल मौसमका कारण यती एयरलाइन्सको जहाज पनि भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौँ फिर्ता भएको थियो ।