logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • क्याप्टेन विजय लामामाथिको प्रतिबन्ध फुकुवा

    क्याप्टेन विजय लामामाथिको प्रतिबन्ध फुकुवा


    पर्यटन नेपाल

    शुक्रबार, १५ असार २०८१


    काठमाडौँ । क्याप्टेन विजय लामालाई उडानमा लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका कक्याप्टेन लामालाई छानबिन समितिले प्रतिबन्ध फुुकुवा गरेको हो ।

    उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक(पटक दोहोर्‍याएको जनाउँदै प्राधिकरणले तीन साताअघि क्याप्टेन लामालाई उडानमा प्रतिबन्ध लगाएको थियो ।

    प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो।

    उक्त छानबिन समितिले निष्कर्ष बमोजिम क्याप्टेन लामालाई जरिवाना र गल्ती नदोहोर्‍याउने सर्तमा उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend