logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • पर्यटन मन्त्रीको पहलपछि निगमको वाईडबडीको सि-चेक हुने

    पर्यटन मन्त्रीको पहलपछि निगमको वाईडबडीको सि-चेक हुने


    पर्यटन नेपाल

    शुक्रबार, १५ असार २०८१


    काठमडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङको पटक पटकको पहल र निर्देशन पछि नेपाल वायु सेवा निगमको वाईडबडी जहाजको सम्पूर्ण मर्मत (सी–चेक) हुने भएको छ ।

    पर्यटन मन्त्रीले वायुसेवा निगमका अध्यक्ष र नागरिक उड्यन प्राधिकरण क्यानका महानिर्देशकसँग पटक पटक छलफल गरी निर्देशन दिए बमोजिम कल साइन नाइन एनएनवाई जहाजको सि चेकका लागि सहज भएको हो ।

    क्यानले विना अनुमति दुबई हुँदै ईटाली जहाज लगेको भन्दै सि चेकको अनुमति दिएको थिएन । तर मन्त्री तामाङले क्यानको नेतृत्व सँग छलफल गरेर पहल लिएपछि आज क्यानले निगमलाई सो अनुमति प्रदान गरेको हो ।

    मन्त्री तामाङले क्यान र नेपाल वायुसेवा निगमका प्रतिनिधिलाई सिंहदरबार स्थित मन्त्रालयमा नै बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिएर छिटो सी चेकको कार्य सम्पन्न गर्न निर्देशन दिए ।

    हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेम नाथ ठाकुरले सी-चेकका लागि क्यानले निगमलाई अनुमती दिइएको जानकारी दिए ।

    वायुसेवा निगमले जुन २२ मा निगमको एक वाईडबडी जहाज दुबई हुँदै मर्मतका लागि ईटाली पठाईएको थियो । सो जहाज तीस दिन भित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ । ईटालिएन कम्पनी एटीटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिईएको छ ।

    यता वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले वाईडबडी जहाजको सी चेकको लागि क्यानले अनुमति प्रदान गर्ने प्रक्रिया गरिरहेको जानकारी आएपनी पत्र प्राप्त नभएको बताए ।

    दुईवटा वाइडबडी जहाजमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभए उडान गर्न पाउने थिएन।

    साथै यस जहाजको मर्मत सम्पन्न भए पश्चात निगमको अर्को A330 जहाज 9N-ALZ लाई पनि मर्मत सम्पन्न गराउन सोही मर्मत कम्पनीमा जूलाई २०२४ को अन्तिम सातामा पठाउन तयारी गरिरहेको पनि अध्यक्ष अधिकारीले जानकारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend