logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • कला र संगीतलाई पर्यटनसँग जोडेर लैजान आवश्यक : मन्त्री तामाङ

    कला र संगीतलाई पर्यटनसँग जोडेर लैजान आवश्यक : मन्त्री तामाङ


    पर्यटन नेपाल

    आइतबार, १७ असार २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले कला र संगीतलाई पर्टनसँग जोडेर लैजानुपर्नेमा जोड दिएका छन् ।

    नेपाल संगीत तथा नाट्य प्रज्ञा (प्रतिष्ठानको सङ्गीत विभागद्वारा आयोजित ‘नौमतिमा नौ राग’ वादन  प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाली समाजमा नौमती, पञ्चै बाजाको भुमिका जनजीवनमा महत्त्वपुर्ण रहेकोले यो संगीत र यसको महत्त्व संसार सामु चिनाउनु पर्ने बताए ।

    उनले नेपाली समाजमा व्यापक र प्रचलित संगीत ऐतिहासिक र मौलिक पञ्चैबाजा (नौमती बाजा)को विशिष्ट योगदान प्रभाव स्थापित भएको पनि बताए । नौमति बाजाको संरक्षण, बिकास र प्रवर्द्धनलाई पनि राज्य तथा सबै पक्षले ध्यान दिनु पर्नेमा मन्त्री तामाङले जोड दिए ।

    नेपालमा अहिले सम्म १३५५ भन्दा वढि वाजाहरुको प्रयोग हुदै आएकोमा  कतिपय बाजाहरू लोपोनन्मुख अवस्थामा र जिर्ण अवस्थामा रहेको भन्दै उनले ति सबै बाजाहरू र धुनलाई आफ्नो ठाउँबाट संरक्षण, बिकास र प्रवर्द्धनको खाचो देखिएको बताए ।

    नेपाली पन्चेबाजा, नौमति बाजा र यसबाट निस्कने धुन, संगीत मुलुकको पहिचान रहेको भन्दै यसको संरक्षण र प्रवर्द्धनले विश्वसामु परित बनाउनुका साथै पर्यटन विकासमा पनि टेवा पुग्ने बताए ।

    यस्ता मौलिक तथा परम्परागत बाजाहरुको संरक्षणमा सरकार र मन्त्रालयले महत्त्वपूर्ण भुमिका खेल्ने मन्त्री तामाङले प्रतिवद्वता पनि जनाए । आर्थिक समृद्धि ल्याउनका लागि पनि यस्ता बाजागाजाको विशेष महत्त्व रहनेमा पनि उनले धारणा थियो ।

    सामाजिक रूपमा पञ्चैबाजा लाई विभिन्न शुभ कार्य गर्दा यो संगीतलाई नै शुभ साईत (मंगलकार्य) रूपमा प्रयोग गरिने गर्दछ । यो संगितमा नौ वटा बाजाहरूको प्रयोग हुन्छ । सुर, ताल, र लय मिश्रित यो समगितमा विभिन्न राग र तालहरूको प्रयोग हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend