काठमाडौँ । बुद्ध एयरले १८ औं एटीआर जहाज भित्र्याएको छ ।
बुद्धले कल साइन ‘नाइनएन एनाइनजेट’ एटिआर-७२ जहाज फ्रान्सको तुलुसबाट शुक्रबार काठमाडौँ भित्र्याएको हो । यससँगै बुद्धको एटीआर-७२ जहाजको संख्या १५ पुगेको छ ।
जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर साउन महिनाबाट उडान सेवामा ल्याइने कम्पनीले जनाएको छ । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप जहाज थपेको बुद्ध एयरले जनाएको छ ।
जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना रहेको कम्पनीले जनाएको छ । हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ ।
बुद्धसँग ३ वटा एटीआर-४२-३२० र १५ वटा एटीआर-७२-५०० जहाजहरु छन् ।