काठमाडौँ । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ ।
त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।
महाशाखाले कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा जिल्ला उच्च जोखिमको क्षेत्र उल्लेख गरेको छ ।
त्यस्तै बागमतीको मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा जिल्लालाई पनि उच्च जोखिममा राखेको छ । गण्डकीको म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ उच्च जोखिममा छन् ।
लुम्बिनीको कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा, रुकुमपूर्वमा पनि भारी वर्षा हुने आकलन गरिएको छ ।