काठमाडौँ । बुद्ध एयरले विवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने भएको छ ।
बुद्धले विवाहित जोडीलाई उपहार स्वरूप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो ।
यसका लागि बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा तस्बिर ट्याग वा सेयर गरेको हुनुपर्नेछ ।
यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्धले पोखराको दुईतर्फी टिकट उपहार स्वरूप दिनेछ ।