logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:18 AM

  • कृषि विकास बैंकद्वारा दाङको गढीटाकुरा मन्दिरको पुनः निर्माण

    कृषि विकास बैंकद्वारा दाङको गढीटाकुरा मन्दिरको पुनः निर्माण


    पर्यटन नेपाल

    शुक्रबार, २२ असार २०८१


    काठमाडौँ । कृषि विकास बैंक लिमिटेडकाे शाखा कार्यालय नारायणपुर दाङले गढिटाकुरा देवस्थल मन्दिर हापुरा नारेवाङ मन्दिरकाे पुन: निर्माण गर्ने भएकाे छ ।

    बैंकले घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित गढीटाकुरा देवस्थल मन्दिर हापुर नारेवाङ मन्दिरको पुनः निर्माण गर्न लागेको हाे ।

    गढीटाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा कृषि विकास बैंक लि. का उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेको प्रमुख आतिथ्यता एवं उक्त बैंककाे प्रदेश कार्यालय दाङका निर्देशक राजेन्द्र रानाभाटको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरको पुनः निर्माण एवं पुरातात्विक बस्तुको संरक्षण गर्न चार लाखको चेक प्रमुख अतिथि बैंकका उपमहाप्रबन्धक न्यौपानेले गढीटाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

    बैंकका उपमहाप्रबन्धक न्यौपानेले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सांस्कृतिक सम्पदा संरक्षण, प्राकृतिक प्रकोपबाट असर परेका मानवलाई सहयोग गर्दै आएको बताए । साथै बैंकले प्रवाह गर्दै आएका कर्जा, निक्षेप, डिजिटल बैंकिङ्ग सेवा सम्बन्धमा जानकारीसमेत गराए ।

    बैंकका प्रदेश कार्यालय दाङका निर्देशक राजेन्द्र रानाभाटले बैंकले कर्जा प्रवाहमात्र नभएर सामाजिक कार्यमा सहयोग गर्दै आएको र बैंकको सानो सहयोगले ऐतिहासिक संस्थामा ठूलो योगदान पुग्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend