logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • निकालियाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फसेको बुद्ध एयरको जहाज

    निकालियाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फसेको बुद्ध एयरको जहाज


    पर्यटन नेपाल

    शुक्रबार, २९ असार २०८१


    काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ ।

    काठमाडाैँबाट भैरहवा पुगेको  बुद्ध एयरको उडान ८०५ काे नाइनएन-एओसीकाे जहाजलाई प्राविधिक टोलीले सफलतापूर्वक निकालेको हाे ।

    ९:३ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको जहाज धावनमार्गको आधामा पुगेपछि अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’ का कारण जहाज चिप्लिन पुगेको बुद्ध एयरले जनाएको छ ।

    जहाज धावनमार्गमा चिप्लिएपछि पाइलटले एटीसीलाई जानकारी गराएका थिए । त्यसपछि यात्रुलाई सुरक्षित रूपमा झारिएको थियो ।

    जहाजलाई प्राविधिकले साँझ ६ बजे धावनमार्गबाट निकालिसकेकाे छ । यस्तो घटना विरलै हुने कम्पनीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend