logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • आज यी स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा

    आज यी स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा


    पर्यटन नेपाल

    मंगलबार, १ साउन २०८१


    काठमाडौँ । मनसुनको न्यून चापीय सरदर रेखा स्थानको दक्षिणतर्फ रहेको कारण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार बिहान देशभर साधारणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आजै दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend