काठमाडौँ । हाल देशभर मनसुनकाे न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन वायुको प्रभावले अहिले देशभर साधारणतया बदली रहेको छ छ ।
बागमती र गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आईतवार (आज) दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू-भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।