काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाईन्सको विमान दुर्घटना भएको छ ।
सो विमान दुर्घटनापछि अहिले उद्धार जारी छ । अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् ।
अहिले क्याप्टेन मनीष शाक्यको उद्धार गरिएको छ । उनलाई केएमसी अस्पतालमा उपचार गरिएको छ ।
बुधबार (आज) करिब ११ बजे उक्त जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।
अहिले सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउदै छन् ।