काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आन्तरिकतर्फका सबै उडान–अवतरण बन्द भएको हाे ।
अहिले आन्तरिक जहाजहरूलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ । अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।
साैर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटना भएकाे हाे । उक्त दुर्घटनामा १८ जनामा मृत्यु भएकाे छ । एक जनाकाे उद्दार गरि केएमसी अस्पतालमा उपचार गरिएकाे छ ।