काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको ‘खतरामुक्त’ रहेका छन् ।
बुधबार (आज) अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको हाे ।
उनको आँखाको अप्रेसन गरिएको बताईएकाे छ । उनी हाल बोल्न सक्ने अवस्थामा छन् । उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालले जनाएकाे छ ।
पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।