काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि तीन वटा टोली खटिएका छन् ।
पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् ।
एउटा शवलाई पोस्टमार्टम गर्नका लागि चार घण्टाभन्दा बढी समय लाग्छ ।
सबैको पोस्टमार्टम गरेर तीन दिनपछि मात्र आफन्तलाई शव जिम्मा लगाउने बताईएकाे छ ।
बुधबार (आज) बिहान ११बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो ।