काठमाडौँ । सुर्खेतमा हेलिकप्टरको आकस्मिक रुपमा धान बारीमा अवतरण गरिएको छ ।
डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर भेरीगङ्गा नगरपालिकाको रामघाटमा आकस्मिक अवतरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हेलिकप्टर सुरक्षित छ ।
अहिले उक्त हेलिकप्टरमा रहेका बिरामीलाई कर्णाली प्रदेश अस्पताल एम्बुलेन्समार्फत लगिएको छ ।
यद्यपि हेलिकप्टर भने त्यहीँ छ । कुहिरोका कारण हेलिकप्टरको आकस्मिक अवतरण गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रनवीर विश्वकर्माका अनुसार पानि परेर कुहिरोले गर्दा १२ः०५ बजे हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो । अहिले हेलिकप्टर सुर्खेत एयरपोर्ट पुगिसकेको छ ।