logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने पर्यटनमन्त्रीको प्रतिबद्धता

    आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने पर्यटनमन्त्रीको प्रतिबद्धता


    पर्यटन नेपाल

    बुधबार, १६ साउन २०८१


    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधार सहित पर्यटन क्षेत्रलाई चलायामान बनाउने बताएका छन् ।

    बुधबार पर्यटन बोर्डले राखेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

    पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिए ।

    लेखेपालमा पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै उनले पर्यटनका लागि प्रकृतिले दिएको अद्धितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनु पर्नेमा जोड दिए ।

    पर्यटन विकासका लागि सरकारको एकल प्रयास पर्याप्त नभएकोले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप बोर्ड गठन गरिएको उल्लेख गर्दै पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताए ।

    ‘बोर्डसँग नीतिगत, कार्यगत, प्रवृतिगत सुधार एवम् कर्मचारीको वृत्ति विकास लगायत थुप्रै विषय जोडिएका छन्। यसलाई समाधान गर्दै लैजानु पर्छ,ु उनले भने, ‘समस्याका बीचमा पनि हामीसँग पर्यटनमा धेरै सम्भावनाहरू छन् त्यसलाई उजागर गर्न सक्नु पर्छ ।’

    मन्त्रालयले बोर्डसँगै अन्य सम्बन्धित निकायहरूलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेको उनले बताए ।

    त्यस्तै, बोर्डले आयोजना गर्ने कार्यक्रमको औचित्य र प्रभावकारीलाई हेरेर नयाँ बजेट र कार्यक्रम बनाउन सुझाव दिए ।

    मन्त्रीलाई स्वागत गर्दै बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधि तथा भावी कार्यक्रमबारे जानकारी दिए ।

    कतिपय नीतिगत समस्याको कारण बोर्डले विदेशमा आयोजना गरिने कार्यक्रम गर्न नसकेको बताए ।

    साथै, नीतिगत तथा प्रक्रियागत सहजीकरण हुनसाथ विदेशमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने बताउँदै त्यसका लागि सहजीकरण गरिदिन मन्त्री समक्ष आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend