logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   02:00 AM

  • बागलुङमा पर्यटक बढेपछि बढ्यो होटलमा लगानी

    बागलुङमा पर्यटक बढेपछि बढ्यो होटलमा लगानी


    पर्यटन नेपाल

    आइतबार, २७ साउन २०८१


    बागलुङ । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका-७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् ।

    उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ ।

    सानो घरमा चार कोठाबाट व्यवसाय थालेका उनले व्यवसाय बढाएका हुन् । उनको होटलमा २४ कोठा छन् भने लगानी बढेर दुई करोड पुगेको छ ।

    तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधासम्पन्न होटल सञ्चालन गर्न थालेका छन् ।

    बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् ।

    जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटलको आवश्यकता परेको उद्यमी कुँवर बताउछन् । उनले जिल्लामा तारेहोटल आवश्यक भएको बताए ।

    विसं २०६५ देखि बागलुङमा होटल व्यवसाय गर्दै आएका अर्जुन चोखालले होटल व्यवसायमा रु चार करोड लगानी गरिसकेका छन् ।

    कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयजस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend