काठमाडौँ । अष्ट्रेलियामा होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ ।
अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किदा पाइलटको मृत्यु भएको हो ।
हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।
हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो ।
हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।