काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको छ ।
बुधबार बिहान देशभर साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।
आज हरेक प्रदेशहरुका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज गण्डकी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
यस्तै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति भने देशभर आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।